www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री कप क्रिकेट:गण्डकी प्रदेशको छनोट प्रतियोगिता सुरु, कास्कीको विजयी सुरुवात

पोखरा ।

प्रधानमन्त्री कप क्रिकेटका लागि गण्डकी प्रदेशको छनोट प्रतियोगिता सुरु भएको छ ।

आज (शुक्रबार)देखि पोखरामा शुरु भएको गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा कास्कीले स्याङ्जामाथि ७ विकेटको जित निकालेको हो । टस जितेर व्याटिङ गरेको स्याँग्जालो ३८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १९ रनको सामान्य योगफल तयार पारेको थियो ।

Batas

स्याङ्जाको तर्फबाट विष्णु पाण्डेले ४१ तथा सौजन्य रेग्मीले २६ रन जोडे । कास्कीका बलरहरु विश्व कार्की र सुवास भण्डारीले समान तीन तीन विकेट लिए भने कृष्ण पौडेल, अमृत गुरुङ्ग, र विपिन खत्रिले एक एक विकेट लिएका थिए । जितका लागि १ सय २० रनको लक्ष्य लिइ मैदानमा उत्रिएको कास्कीले २८.४ ओभर खेल्दै मात्र ३ विकेटको क्षतिमा विजयी लक्ष्य पार ग¥यो । कास्कीको तर्फबाट अभिषेक थापाले अभिजित ४३ तथा सुदिप पौडेलले अभिजित २१ रन बनाए । त्यस्तै अर्जुन कुमालले २२ रन जोडेका थिए ।खेलमा कास्कीका विश्व कार्की प्लेयर अफ द म्याच भए ।

जितसंगै कास्कीले लिग टेवलमा २ अंक जोडेको छ । राउण्ड रोविन लिगमा हुने प्रतियोगितामा भोली(शनिबार) तनहुँ र नवलपुरबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलुकद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले पोखरा क्रिकेट मैदान क्रिकेट खेल्नका लागि संसारकै अलौंकिक खेल मैदान भएको जनाउँदै यसको स्तरोन्नती गर्दै लैजानुपर्नेमा जोड दिए ।

उनले नेपालमा १० वटा ठूला क्रिकेट मैदान बन्ने क्रममा रहेको जनाउँदै आउँदो चार पाँच वर्ष भित्र नेपालका सातै प्रदेशमा अन्र्तराष्ट्रिय क्रिकेट सञ्चालन गर्न सकिने मैदान तयार हुने दावी गरे । गण्डकी प्रदेश सरकारले चासो देखाएको पशुपति घाटको क्रिकेट मैदानको पनि डिपिआर तयार भइसकेको बताउँदै यहाँपनि मैदान तयार पार्दै खेल्दै पनि जानुपर्ने औल्याए ।

आयोजक गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले पोखरामा क्रिकेट विकासका लागि सधै माछापुच्छे फेवाताल भनेर मात्रै नपुग्ने बताए । उनले क्रिकेट विकासका लागि पहिला पूर्वाधारकै विकास हुनुपर्नेमा जोड दिए । पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा एउटा चेन्जिङ्ग रुम र कार्यालय कोठा समेत नहुँदा संघ तथा खेलाडीहरु मर्कामा परेको बताए । आयोजक संघका सचिव सुमन राज कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.