www.tandavnews.com
Fact ~ In search of truth

रहेनन् पोखराका फुटबलर विल तामाङ

पोखरा,
ताण्डव न्यूज ।

फुटबलर एवं प्रशिक्षक विल तामाङको निधन भएको छ । उनको मंगलबार कोरोना संक्रणका कारण निधन भएको हो । उनी हङकङबाट डेढमहिना अघि मात्रै नेपाल आएका थिए ।

स्वास्थ्यमा समस्या आएपछि उनको गण्डकी मेडिकल कलेजमा उपचाररत थिए । उपचारका क्रममा सोही अस्पतालमा उनको निधन भएको हो । सामाजिक सञ्जालमा थुप्रै खेल प्रेमी र शुभचिन्तकहरुले उनको निधनमा दुःख ब्यक्त गदै श्रद्धाञ्जली ब्यक्त गरेका छन् । २०५८ सालमा सहारा क्लबले आयोजना गरेको पहिलो क्याराभान गोल्डकपमा उनले घरेलु टोली सहारा क्लबको कप्तानी सम्हालेका थिए ।

Batas

क्याराभान गोल्डकप पछि तामाङ फुटबलको एएफसी लाईसेन्स तर्फ केन्द्रीत भएका थिए । त्यसपछि २०६० सालमा आयोजना गरिएको आहा गोल्डकपमा उनले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यति बेलासहाराले सेमिफाईनल पुगेको थियो र उनी उत्कृष्ट प्रशिक्षक समेत घोषित भएका थिए । सन २००१ देखि २००३ सम्म भारतको पटियालामा प्रशिक्षण लिएर फुटबल प्रशिक्षणमा ‘फ्रष्ट क्लास’ हुनुभएका तामाङ नेपाली फुटबल प्रशिक्षक ‘फष्ट क्लास’ हुने पहिलो नेपाली फुटबल प्रशिक्षक समेत थिए ।

पोखरा–१३ संगमटोलमा जन्मिनु भएका तामाङ घरेलु क्लबबाट फुटबल जीवन शुरु गरेका थिए । नकाउट फुटबल देखि ए डिभिजन लिगसम्म उहाँको अनुभव थियो । उनको निधनले नेपाली फुटबल क्षेत्रमा अपूणीय क्षती पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.