www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : संसद विघटन विरोधमा ‘प्रधानमन्त्रीको पुत्ला’ बाँसमा ल्याए, जलाए … (१३ फोटो)

पोखरा
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोध गर्दै विद्यार्थी नेताहरुले ‘प्रधानमन्त्रीको पुत्ला’काे सद्गति  गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीकै भातृ विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले सँयुक्त रुपमा प्रधानमन्त्री ओलीको शव अंकित पुत्ला बोक्दै विरोध गरेका हुन् । प्रहरीको हस्तक्षेप पश्चात उनिहरुले पुत्लालाइ सडकमै जलाए ।  तर उनीहरुको योजना भने बजार घुमाउने थियो ।

Batas

सोही विचमा प्रशर्दनकारीहरुले ओलीको विरुद्धमा ‘केपी चोर देश छोड, केपी ओली मुर्दावाद, ‘आर्यघाटले के भन्छ केपी ओली ल्या भन्छ’ जस्ता नारा लगाएका थिए । प्रशर्दनकारीहरुले संसद विघटन मान्य नहुने भन्दै निरन्तर सडक तताउने चेतावनी समेत दिएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.