www.tandavnews.com
Fact ~ In search of truth

कास्की : १४ करोड छुट माग्दै एनसेल

पोखरा,
ताण्डव न्यूज ।

दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एजियाटा लिमिटेडले झन्डै १४ करोड रुपैयाँ महसुल तिर्न नसकिने भन्दै जिल्ला अदालत कास्कीमा फिरादपत्र दायर गरेको छ । जिल्ला अदालत कास्कीमा एनसेलका तर्फबाट कर्पोरेट सेवा प्रमुख रमेश घिमिरे र कम्पनी सचिव निशिका शर्मा तथा कम्पनीका वारेस निरज श्रेष्ठले छुट बिल भुक्तानी निर्णय एवम पत्र बदर गरिपाउँ भनि फिरादपत्र दर्ता गराएका हुन् । यही पुस १३ गते पेशी रहेको छ ।

जिल्ला अदालत कास्कीका स्रेस्तेदार रामप्रसाद पौडेलले एनसेलले नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय तालचोक, कास्की, उक्त कार्यालय प्रमुख नवीन कुमार लाभ र प्राधिकरणको केन्द्रिय कार्यालय, रत्नपार्क काठमाण्डौलाई विपक्षी बनाई पत्र दायर गरेको जानकारी दिए ।

Batas

फिरादपत्रमा एनसेलले नेपाल विद्युत प्राधिकरण, लेखनाथ वितरण केन्द्रले गत कात्तिक २१ गतेको पत्राचार खारेजी गर्न माग गरेको छ ।

लेखनाथ वितरण केन्द्रले २१ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको निर्णय भन्दै एनसेललाई १३ करोड ८० लाख १७ हजार सात सय ४५ रुपैयाँ छुट बिल ३५ दिनभित्र तिर्न अन्यथा विद्युत सेवा बन्द हुने भन्दै पत्राचार गरेको थियो । सो का विरुद्ध फिरादपत्र लिएर एनसेल अदालत पुगेको हो ।

वितरण केन्द्र प्रमुख नवीन कुमार लाभले प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालयलाई बोधार्थ गराउँदै एनसेललाई मंसिर १० गते पठाएको पत्रमा, “विद्युत वितरण केन्द्र तालचोकले टिओडी मेन र चेक दुवै मिटरहरु लेखनाथस्थित सबस्टेशनको प्यानलमा जडान भई बिलिङ्ग गरिँदै आइएको । शुरु जडान मिति २०६९ भदौ २३ देखि नयाँ मिटर जडान गरिएको मिति ०७७ असार ११ सम्मको कात्तिक ६ गते कार्यकारी निर्देशकको निर्णयानुसार १३ करोड ८० लाख १७ हजार सात सय ४५ रुपैयाँ छुट बिल गरिएको । सो बारेको निर्णय र त्यहाँबाट माग भएका विषयहरुको जवाफ दिन सपोर्टिङ्ग हुने डकुमेन्टहरु यसैसाथ संलग्न गरि पठाइएको छ । प्राविधिक विषय तथा अन्य बिलिङ्गसँग सम्बन्धित कुरा बुझ्नुपरेमा यस वितरण केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।” भनिएको छ ।

एनसेलले भने यो विद्युत वितरण विनियमावलीको विपरित रहेको दाबी पेश गरेको छ ।

“टिओडी मिटर जडान भएका ग्राहकहरुको प्राविधिक कारणले गर्दा मिटरले वास्तविक खपत नदेखाई बिलिङ्ग छुट भएमा त्यस्तो छुट बापत युनिट र डिमाण्ड चार्ज बापत मिटरको डाउनलोड डाटा विश्लेषण गर्दा यकिन भए अनुसारको रकम छुट बिल गरिनेछ भन्ने व्यवस्था भएतापनि तालचोक वितरण केन्द्रले भदौ २५ मा गरिेको टिओडी मिटरको सिल काटी एनसेलका प्रतिनिधीको रोहवरमा मेन मिटरको रिडिङ्ग टिपोट नगरिकिन मिटर खोली रिप्रोग्रागिम गर्न काठमाण्डौ पठाएको दाबी गरेको छ । २०७२ पौष ५ गते भने एनसेलकै प्रतिनिधीको रोहवरमा मेन मिटरको रिडिङ्ग टिपेर मात्रै्र काठमाण्डौ पठाएको ।” फिरादपत्रमा उल्लेख गरिएको छ ।

यता तालचोक प्राधिकरण केन्द्रले भने डेडिकेटेड लाइन भएको हुँदा महसुल बढि भएको जनाएको छ । “सुरु देखिको नै हो, केन्द्रले नै मूल्यांकन गरेको हो, हामी, प्रादेशिक कार्यालय, प्राविधिकको टोली बसेर मूल्यांकन ग¥यो, सोका आधारमा हामीले माथि सिफारिस गरेका थियौँ, कार्यकारी अधिकृतज्यूले स्विकृत गर्नुभएको हो, स्विकृत भएपछि सूचना निकालिएको हो ।” कार्यालय स्रोतले भन्यो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.