www.tandavnews.com
Fact ~ In search of truth

८०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं ।

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ८०० ले ओरालो लागेको छ । प्रतितोला ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला ९४ हजार ९०० मा सोमबार कारोवार भएको थियो । यस्तै तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकामा आज प्रतितोला ९३ हजार ६०० मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला ८०० ले घटेको छ ।

Batas

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ ले घटेको छ । प्रतितोला एक हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० मूल्य निर्धारण भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.