www.tandavnews.com
Fact ~ In search of truth

नेकपा विवाद प्रकरणः प्रदेश १ मा शेरधन राई संसदीय दलको नेताबाट बर्खास्त, आचार्यलाई अवसर

काठमाडौं,
ताण्डव न्यूज ।

सत्तारुढ नेपा कम्युनिष्ट पार्टी (नेकपा) विवादको प्रकरणले संघदेखि प्रदेशसम्म पिरेको छ ।

प्रधानमन्त्री केपी ओली पक्षमा रहेका प्रदेश नम्बर १ का मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता शेरधन राईलाई अर्को पक्षले दलको नेताबाट बर्खास्त गरिएको छ ।

Batas

नेकपाको दाहाल–नेपाल समूहले राईलाई प्रदेश १ को संसदीय दलको नेताबाट हटाएको हो । यसअघि उक्त समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

बिहीबार बसेको दाहाल–नेपाल पक्षीय बहुमत सांसदको बैठकले राईलाई दको नेताबाट हटाउँदै दाहाल–नेपाल समूहका भीम आचार्यलाई नेता चनेर मुख्यमन्त्रीमा प्रस्ताव समेत गरिएको छ ।

प्रदेश १ मा नेकपाका ६७ सांसद रहेकामा ३६ जना राईलाई हटाउनु राजी भएका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.