www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-३३ : मापदण्ड विपरीत क्रसर सञ्चालन

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा मापदण्ड विपरीत क्रसर सञ्चालन गरिएको छ । शिवशक्ति रोडा ढुङ्गा उद्योग नाम दिई मापदण्ड विपरीत क्रसर सञ्चालन गरिएको हो ।

भरत रायमाझीको नाममा २०६७ साल माघ ६ गते अनुमती लिएर सञ्चालनमा आएको क्रसर केही बर्ष बन्द भएको थियो । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका बेला चलखेल गरेर क्रसर सञ्चालन गरिएको एक स्थानीयले बताए । सञ्चालन नै कसरी गरियो भन्ने विषयमा प्रश्न उठेको स्रोतको भनाई छ ।

Batas

‘पोखरा–३३ मा कुनै पनि क्रसर सञ्चालन गर्न नदिने भनेपछि पोखरा २१ दोविल्ला पारी रहेको क्रसर समेत ३३ मा सार्न रोकिएको थियो,’ स्रोतले भन्यो, ‘अहिले भरत रायमाझी, शिव लामिछाने लगायतका व्यक्तिले कसरी क्रसर संचालन गरे भन्ने कसैलाई थाहा छैन । दवाव र प्रभावमा पारेर क्रसर सञ्चालनमा ल्याएको हो ।’

क्रसर सञ्चालन गरिएको भनी गुनासो आएको पोखरा–३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी बताए । ‘सूचना पाएपछि वडा सदस्यलाई पठाएको छु, त्यसबारे बुझ्न बाँकी छ,’ अध्यक्ष अधिकारीले भने, ‘म आएपछि मैले अनुमती दिएको छैन ।’

मापदण्ड समेत कायम नगरी सञ्चालन गरिएको भन्ने गुनासो आएको अध्यक्ष अधिकारीले जानकारी दिए । ‘पहिला बन्द भएको क्रसर चुनावको सेरोफेरोमा कसरी सञ्चालन गरिएको थाहा भएन,’ उनले भने, ‘म आफै गएर हेरर के रहेछ बुझ्नु पर्ने छ ।’

सामान्यता क्रसर सञ्चालन गर्दा नदीबाट ५ सय मिटर, विभिन्न संस्था तथा विद्यालयबाट १ किलो मिटर, वनबाट १ किलोमिटर दुरीमा हुनुपर्ने लगायतका मापदण्ड रहेका छन् । तर शिवशक्ति रोडा ढुङ्गा उद्योगले कुनै पनि मापदण्ड पालना गरेको पाइदैन । त्यतिमात्र होइन नदीको हकमा भने ५० मिटरकैै दुरीमा क्रसर संचालन गरिएको छ ।

यस विषयमा बुझ्नाका लागि ताण्डव न्यूजले सञ्चालक मध्येका एक शिव लामिछानेलाई सम्पर्क गर्दा उनको फोन उठेन ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.