www.tandavnews.com
Fact ~ In search of truth

१२ वर्षीया बालिकाले हालिन् टिकटक विरुद्ध मुद्धा

बिबिसी ।

बेलायतमा एक १२ वर्षीया बालिकाले टिकटकविरुद्ध मुद्धा हालेकी छन् ।

उनले टिकटकबाट बालबालिकाका डाटाहरु अवैधानिक रुपमा प्रयोग गरिरहेको जिकिर गरेकी उनलाई कानुनी लडाईको लागि बेलायतको बालबालिका आयोगकी आयुक्त आन्ने लंगफिल्डले सहयोग गरिरहेको बताइएको छ । टिकटकले बेलायत तथा युरोपेली युनियनको डाटा सुरक्षण कानुनको उल्लंघन गरिरहेको दाबी उनको छ ।

Batas

उता टिकटकले भने बालबालिकाको संरक्षणका लागि कम्पनीले दह्रिलो नीति अख्तियार गरिरहेको र १३ वर्षमुनिका बालबालिकाहरुलाई टिकटकमा खाता खोल्न बन्देज लगाइएको जनाएको छ ।

उता बालबालिका आयुक्त लंगफिल्डले भने टिकटकविरुद्ध १२ वर्षीया बालिकाले दायर गरेको मुद्दाले १६ वर्षमुनिका विश्वभरका टिकटक प्रयोगकर्ताहरुलाई टिकटकमा सुरक्षित राख्न सहयोग गर्ने दाबी गरेकी छिन् ।

स्मरण रहोस् बालबालिकाका डाटाहरु संकलन तथा दुरुपयोग गरेको आरोपमा सन् २०१९ मा अमेरिकाको संघीय वाणिज्य आयोगले टिकटकमाथि ५७ लाख डलर जरिवाना गरेको थियो । गत वर्ष सन् २०२० मा दक्षिण कोरियाले पनि यस्तै मुद्दामा टिकटकमाथि जरिमाना गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.