www.tandavnews.com
Fact ~ In search of truth

अहिलेको लडाई अग्रगमन र प्रतिगमन बीचको हो : नेता योगेश भट्टराई

काठमाडौं ।

निवर्तमान पर्यटन मन्त्री एवं नेकपा प्रचण्ड–माधव प्यानलका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएको बताएका छन् ।

काठमाडौंमा मंगलबार पत्रकारहरुसंगको कुराकानीमा नेता भट्टराईले अहिले आफूहरु क्रान्ति र प्रतिक्रान्तिबीचको लडाईमा होमिएको भन्दै उनले अग्रगमनको जीत निश्चित भएको बताए

Batas

प्रधानमन्त्री ओलिीले जनयुद्धका मुद्दाका कुरा उठाउनु जायज नभएको उनको भनाई छ । ओलीको यस्तो भनाई र कदमले पुरानै अवस्थामा फर्कनु पर्ने अवस्था आउन सक्ने धारणा उनको छ ।

सत्यनिरुपरण तथा मेलमिलाप आयोगले हेरिरहेका जनयुद्धका सबै मुद्दामा प्रधानमन्त्रीले टिप्पणी गर्नु न्यायोचित नहुने भन्दै नेता भट्टराईले अहिलेको उपलब्धी जनयुद्ध र जनआन्दोलनकै कारणले भएको बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.