www.tandavnews.com
Fact ~ In search of truth

कास्कीको अन्नपूर्णमा प्राविधिक शिक्षालय सुरु

पोखरा,
ताण्डव न्यूज ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा प्राविधिक शिक्षा सम्बन्धि पठनपाठन सुरु गरिएको छ । यससंगै महँगो शुल्क तिरेर अन्य ठाउँमा जानुपर्ने स्थानीयको समस्या समाधान भएको छ । प्राविधिक शिक्षालय खुलेसँगै शिक्षाकै लागि पोखरा, काठमाडौं, लगायतका ठाउँमा पठाउन बाध्य अभिभावकहरुलाई राहत मिलेको स्थानीय सुर्य परियारले बताए ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् मार्फत अन्नपूर्ण बहुप्राविधिक शिक्षालय स्थापना गरी चालु शैक्षिक सत्रदेखि ३ वर्षे डिप्लोमा अन्तर्गत बालीविज्ञान तर्फको पढाइ शुरु भएको हो । जसमा अहिले ४० जना विद्यार्थी अध्ययनरत छन्।

Batas

यो शिक्षालयमा अधिकांश अन्नपूर्ण गाउँपालिकाका र केही छिमेकी जिल्ला बाग्लुङ, पर्वत र स्याङ्जाका विद्यार्थी अध्ययनरत रहेको शिक्षालय प्रमुख मोतिमाया सुवेदीले जानकारी दिईन् । बालीविज्ञानपछि क्रमश जीव विज्ञान, पर्यटन, होटल म्यानेजमेन्ट, वनविज्ञान, इञ्जिनियरिङतर्फको पढाइ पनि शुरु गरिने उनले बताईन् । शिक्षालय स्थापनासँगै स्थानीयबासी खुशी भएका छन् ।

हाल शिक्षालयलाई अस्थाई रुपमा अन्नपूर्ण–२ स्थित माछापुच्छ्रे माविको खाली भवनमा सञ्चालन गरिएको छ । त्यस्तै स्थायी संरचना निर्माणका लागि अन्नपूर्ण ३ स्थित काउनडाँडामा जग्गाको खोजी पनि भइसकेको छ ।

शिक्षालयमा गाउँपालिकाले प्रत्येक वडाबाट छात्रवृत्तीमा विद्यार्थी पढ्ने व्यवस्था पनि मिलाएको शिक्षा अधिकृत बलराम भुगाईले बताए । अन्नपूर्ण बहुप्राविधिक शिक्षालयले गत वर्षको असोज ८ गते प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट स्विकृती पाएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.