www.tandavnews.com
Fact ~ In search of truth

समृद्धिको आधार सहकारी:प्रदेश सभा सदस्य प्रभा कोइराला

पोखरा।

गण्डकी प्रदेश सभा सदस्य एवम् सहकारी अभियन्ता प्रभा कोइरालाले मुलुकको समृद्धिको आधार सहकारी भएको बताएका छन ।

बचत तथा ऋण सहकारीसंगको छाता संगठन जिल्ला सहकारी संघ कास्कीको २० औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले कोभिड–१९ को कारण चलायमान हुन नसकेको सहकारीको पुंजीलाई उत्पादनसँग जोडनु पर्ने बताए ।

Batas

सहकारी अभियानलाई सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिदैँ यसलाई सरकार र जनताले चिनेको भएपनि कर्मचारी वर्गबाट थप सहयोग गर्नु पर्ने आवश्यकता औल्याए ।

‘जनता र सहकारी बीच नङ र मासुको जस्तै सम्वन्ध रहेको छ’उनले भने,‘सहकारीलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक निती निर्माण गर्दै कार्यान्वय पक्षलाई शसक्त बनाउनु पर्ने आवश्यक छ ।’

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीको सफलतानै राष्ट्रको सफलता भएको बताउँदै त्यसका लागि सुशासन कायम गर्दै व्यवसायिकरण गरिनु पर्नेमा जोड दिए ।

राष्ट्रिय सहकारी संघ  सञ्चालक कमलादेवी गिरीले सरकारले सहकारीलाई व्यवस्थित गर्नका लागि निर्माण गरिएका ऐन कानून कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।

संघका निर्वतमा अध्यक्ष सुदिप ढकाल, पूर्व अध्यक्षहरु दामोदर चालिसे र भिम गुरुङले सहकारीमा नेतृत्व लिनु मात्र नभई केही गर्दछु भन्ने साहस हुनुपर्नेमा जोड दिंदै शेयर सदस्यको निगरानीसँगै आर्थिक पारदर्शिता आवश्यक रहेको बताए ।

संघका अध्यक्ष भेषराज बरालले सरकारले सहकारी संस्था बीच एकिकरण गरेर मजवूद बनाउने अभियान सञ्चालन गरेपनि कास्कीमा कानून विपरीत धमाधम नयाँ सहकारी संस्था दर्ता हुँदा अप्ठेरो परिस्थिती सिर्जना भएको धारणा राखे ।

कोरोना भाईरसको संक्रमण रोगथामका लागि स्वास्थ्य मापदण्ड पालना गर्दै पुस २२ देखि २७ गतेसम्म चरणवद्धरुपमा सञ्चालन हुने सो साधारण सभा उद्घाटन समारोहमा संघका उपाध्यक्ष श्रीकान्त ढुङ्गाना, सचिव इश्वरप्रसाद सुवेदी, मिना रानाभाट लगायतले सहकारीले खेलेका भूमिका र महत्व माथि प्रकाश पारेका थिए ।

संघका कास्कीका २७९ संस्था आवद्ध रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.