www.tandavnews.com
Fact ~ In search of truth

आज देशका केहि स्थानमा हल्का वर्षाको सम्भावना, यसकारण धुम्म भयो आकाश

काठमाडौं,
ताण्डव न्यूज ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमध्ये एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।

Batas

सम्भावित स्थानमा काठमाडौं उपत्यका पनि रहेको भन्दै उनले उल्लिखित प्रदेशभरमा एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको बताए । उनका अनुसार नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली छैन तर अहिलेको मौसम बदली स्थानीय वायुको प्रभावले भएको हो।

आज तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। रातको समय प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.