www.tandavnews.com
Fact ~ In search of truth

नेकपा प्रचण्ड–माधव पक्षको प्रदेशस्तरीय भेला आज, दुवै अध्यक्षले सम्बोधन गर्ने

पोखरा,
ताण्डव न्यूज ।

विभाजन उन्मूख नपाल कम्यूनिष्ट पार्टी ९नेकपा०का दुबै पक्षले कार्यकर्ता आ–आप्mनो पक्षमा पार्न दौडधूप जारी राखेका छन् ।

सोही सिलसिलामा कहिले ओली पक्षका नेता त कहिले प्रचण्ड माधव समूहका नेताहरु प्रदेश तथा जिल्ला दौडमा छन् । सोही क्रमको निरन्तरता स्वरुप आफ्नो पक्षका गण्डकी प्रदेश स्तरीय कार्यकर्तालाई सम्बोधन गर्न नेकपाको प्रचण्ड–माधज समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आज मंगलबार पोखरा आँउदै छन् ।

Batas

नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ ९करण०ले दिएको जानकारी अनुसार दुई अध्यक्षसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पोखरा आउने बताईएको छ । भेला पोखरा महानगरपालिका ११ शीतलादेवीस्थित एसआर केसी बैंक्युटमा बिहान ११ बजेदेखि सुरु हुने इन्चार्ज करणले जानकारी दिए । पार्टीमा आन्तरिक मतभेद सिर्जना भएपछि अन्य प्रदेशमा जस्तै गण्डकीमा पनि दुवै समूहको छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन् ।

प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराई र देवेन्द्र पौडेलले ३ दिन पहिला कास्की जिल्लास्तरीय भेलालाई सम्बोधन गरेका थिए । ओली पक्षले पनि जिल्लाजिल्लामा भेला गरिरहेको छ । सोमबार मात्रै ओली पक्षले तनहुँमा जिल्लास्तरीय बृहत भेला गरेको छ ।

भेलालाई ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका मुख्यमन्त्री एवं पार्टी इन्चार्ज पृथ्वीसुब्बा गुरुङ र प्रदेश अर्थमन्त्री किरण गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.