www.tandavnews.com
Fact ~ In search of truth

अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न भन्सारमा राष्ट्रिय एकद्वार प्रणाली लागू हुँदै

काठमाडौँ,
ताण्डव न्यूज ।

आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रको सेवा एकै प्रणालीमार्फत प्रदान गरिने प्रणाली कार्यन्वयन बारे भन्सार विभागले अर्थ, उद्योग र कृषि मन्त्रीलाई बिहिबार आज ब्रिफिङ गरेको छ ।

Batas

तीनवटा विभागबाट सुरु गरिने कार्यक्रम चरणवद्ध रुपमा विस्तार गरिने र यसमा सरकारी र निजी क्षेत्र सहभागी हुने भन्सार विभागले जनाएको छ । एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहरुमा डिजिटल प्रणालीको सुरुवात हुने दाबी भन्सारको छ ।

व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गरिने विभागका महानिर्देशक सुमन दाहालले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.