www.tandavnews.com
Fact ~ In search of truth

लागूऔषध सहित पोखरा -६ का विशेक,रहन र नवलपरासीका आकाश पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।

लागूऔषध झोलामा बोकेर आएका पोखरा महानगरपालिका वडा नम्बर ६ का १९ वर्षीय विशेक परियार,वर्ष १९ का रहन सुनार र नवलपरासी पूर्व मध्यबिन्दु ७ का १९ वर्षीय आकाश गुरुङलाई नवलपरासी पूर्वबाट पक्राउ परेको प्रदेश प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

सुनौलीबाट पोखरा आउँदै गरेको बसमा चेकचाँज गर्ने क्रममा बसमा सवार विशेक र आकाश लागूऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

विशेकले बोकेको झोलाबाट नोफिन ४६ एम्पुल, फेनारगन ४६, डाईजोपाम ४६ , रहनको झोलाबाट नोफन ५०,फेनारगन ५०, डाइजापाम ५० एम्पुल र आकाशको झोलाबाट चेरस जस्तो देखिने ४ पुरिया, १९.६६ ग्राम लागु औषध र सुकेको गाँजा ८१.५ ग्राम बरामद भएको छ ।

उनीहरु मथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.