www.tandavnews.com
Fact ~ In search of truth

जेब्रा झोलामा गाँजा बोकेर हिडेका केआइसिंहपुलका अर्जुन र सफल जिरो कि.मीबाट पक्राउ

पोखरा,
ताण्डव न्युज ।

जेब्रा झोलामा ठुलो मात्रामा गाँजा बोकेर हिडेका दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तु विजयनगर गाउँपालिका वडा १ मा घर भई हाल केआई सिंह पुल बस्ने वर्ष २२ का अर्जुन घर्तिमगर र स्याङ्जा पुतलिबजार वडा १४ घर भई हाल केआई सिंह पुलमै बस्ने वर्ष २२ कै सफल ढकाल रहेको जिल्ला प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

रातो रंगको जेब्रा झोलामा गाँजा बोकी हिडिरहेका उनीहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा ४ केजी गाँजा सहित पोखरा वडा ५ जिरो किमीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ४ के.जी गाँजा सहित २ वटा मोबाइल र नगर ३ हजार १ सय रुपैयाँ बरामद भएको छ । उनीहरु यहि माघ १० गते अस्ति शनिबार पक्राउ परेका हुन् ।

उनीहरुमाथि लागूऔषध सम्बन्धी कसूर अन्र्तगत ५ दिन म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.