www.tandavnews.com
Fact ~ In search of truth

दराजको चाबी फोरी सुनका गहना चोर्ने कुश्माका किशोर पोखरा र्पस्याङबाट पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

दराजको चाबी फोरी दराज भित्रका सुनका गरगहना चोर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल पोखरा महानगरपालिका बिजयपुर बस्ने वर्ष २६ का किशोर शर्मा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनले पोखरा महानगरपालिका वडा नम्बर ५ धारापानी मार्गमा भाडामा बस्ने गिता भुजेलको कोठाको ताला र दराजको ताला फुटाई दराज भित्रका सुनका औठी, सिक्री, मंगलशुत्र लगाएत विभिन्न गरगहना चोरेको प्रहरीले जनाएको छ ।

Batas

प्रकाउ परेका उनको साथबाट ३९.४ लाल तौलको छड्के तिलहरी १ थान,८७.१ लल तौलको मंगल शुत्र १ थान, २.४ लाल तौलको सानो तिलहरी १ थान,१४.५ लाल तौलको माईली तिलहरी १ थान,२५ लाल तौलको एउटा मंगल शुत्र, ५ लालको छापे औंठी एउटा,६९.५ लाल तौलको सिक्री एउटा, १० लाल तौलको मन्द्रा एउटा, ग १३ प ३७४७ नम्बरको रातो वी गो स्कुटर एउटा, फलामको रड १ थान,कम्पास जस्तो देखिने फलामको टुक्रा १ थान, मोबाईल सेट थान बरामद भएको छ ।

उनलाई चोरी तथा डाँका सम्बन्धि कसुर अन्तरगत मुद्धा दर्ता गरी ७ दिन म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

उनी पोखरा महा नगरपालिका वडा ५ पस्र्याङबाट पक्राउ परेका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.