www.tandavnews.com
Fact ~ In search of truth

हुम्लामा दोस्रो पटक हिमपात, जोत्न सहज हुने भन्दै किसान खुशी

हुम्ला ।

हुम्लामा दुई दिन लगातार हिमपात भएको छ । लगातार हिमपात हुँदा हुम्लामा चिसो ह्वात्तै बढेको जनाइएको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको हो । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो ।

जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीयले बताएका छन् ।बिहानै तापक्रम माइनस सात डिग्री पुगेको जनाइएको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ ।

Batas

हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।

मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए ।जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् ।

सोमबार बिहानै हिमपात भएपछि किसानमा झनै खुशीयाली छाएको छ।लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने बेला हिमपातले जमिन कमलो बनाई जोत्न सजिलो हुने हुम्लेली स्थानीयले बताएका छन् ।

यता मनाङ मस्ताङमा पनि हिजो हिमपात भएको स्थानीयले बताएका छन् । हिमपात भएकाले हिजो भाईटिकाको दिन पोखरा लगायत प्रदेशका अन्य जिल्लामा पनि निकै चिसो भएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.