www.tandavnews.com
Fact ~ In search of truth

न्युरो सम्बन्धी रोगबाट ग्रसित तामाङलाई युनाईटेडको सहयोग

पोखरा ।

युनाईटेड क्लव पोखराले न्युरो सम्बन्धी रोगबाट ग्रसित विरामीको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

मकवानपुर जिल्ला हेटौँडा घर भइ हाल पोखरा बस्दै आएका मिलन बल तामाङलाई नगद २५ हजार प्रदान गरेको हो । युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ सहितका पदाधिकारीहरुले उक्त रकम लामो समयदेखी न्युरो सम्बन्धि रोगबाट ग्रसित तामाङलाई हस्तान्तरण गरिएको हो ।

Batas

सो अवसरमा वोल्दै युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले स्थापनाकाल देखीनै सामाजिक काममा अगाडि वढिरहदाँ स्थापनाकाल देखीनै विभिन्न रोगबाट ग्रसित भइ आर्थिक अभावमा उपचार नपाएकाहरुलाई सानो भएपनि राहत रकमहरु प्रदान गर्दै आइरहेको र सोही अनुरुप आज पनि न्युरो रोगबाट ग्रसित युवालाई सानो सहयोग रकम प्रदान गरेको वताए ।

युनाईटेड क्लवले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रर्वद्धनका लागि पोखरामा नया गन्तव्य चिडियाखाना निर्माणमा पहलकदमी चाल्नुका साथै सेती नदी संरक्षण र विभिन्न विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको उनको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै मकवानपुर जिल्ला हेटौँडा घर भइ हाल पोखरा बस्दै आएका न्युरो सम्बन्धि रोगबाट ग्रसित मिलन बल तामाङले आफु लामो समयदेखी न्युरो सम्बन्धी समस्याबाट ग्रसित हुदै आइरहेको वेला युनाईटेड क्ल्वले सहयोग गरेर ठूलो राहत प्रदान गरेको वताए ।

युनाईटेड क्लवले सामाजिक काम गर्दै आइरहेको आफुलाई थाहा भएको र हाल आएर आफुलाईनै क्लवले सहयोग गर्दा निकै खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिदैँ आफुहरुजस्ता दुखीहरुको सेवामा लाग्न समेत आग्रह गरे ।

युनाईटेड क्लवले वर्षेनी विभिन्न रोगबाट ग्रसित जो उपचार गर्ने पैसा अभावमा वाचिरहेका छन उनीहरुलाई अस्पतालमै गएर समेत सहयोग गर्दै आइरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.