www.tandavnews.com
Fact ~ In search of truth

रुपाका सहिद तथा बेपत्ताका परिवारलाई सम्मान र बिमा

पोखरा ।

कास्कीको रुपा गाउँपालिकाले पालिका भित्रका सहिद सहिद तथा बेपत्ता, घाइते, द्वन्द्व पीडित र जेल जीवन भोगेका व्यक्तिका परिवारलाई सम्मान तथा बिमा गरेको छ ।

विभिन्न संघर्ष तथा परिवर्तनका आन्दोलनमा रुपा गाउँपालिकामा मात्र १८ जना सहिद तथा बेपत्ता भएका छन् । १७ जना घाइते छन् भने ४० जना द्वन्द्व पीडित छन् । ८ जनाले जेलनेल खेपेका छन् ।

Batas

गएको फागुन महिनामै यस्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम तय भएको थियो तर कोभिड–१९ का कारण रोकिएको गाउँपालिकाले अहिले सम्मान गरेको अध्यक्ष नवराज ओझाले बताए ।

‘गएको वर्ष नै निर्धारित कार्यक्रम कोरोनाले रोकिएपछि अहिले निरन्तरता दिएका हौं,’ गाउँपालिका अध्यक्ष आझाले भने, ‘त्यस्ता परिवारको योगदानकै कारण प्राप्त व्यवस्थाका कारण ३ तहको सरकार बनेको छ । त्यो परिवारको सम्मान र आय आर्जनसँग जोड्नु गाउँ सरकारको कर्तव्य नै हो ।’

पालिकाले त्यस्ता परिकारलाई ताम्रपत्र, दोसल्लाले सम्मान गरेको छ भने परिवारका ५ जनासम्मको स्वास्थ्य विमा गराएको छ । त्यस्ता परिवारलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य विमा गरिएको हो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले ती परिवारलाई सम्मान गरिन् । सम्मान गर्दै मन्त्री पुनले त्यस्ता परिवारको दीगो जिविकोपार्जनका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको बताइन् ।

सहिद तथा बेपत्ता परिवारका तर्फबाट खिमादेवी बास्तोलाले राजनीतिक दलका नेताले सहिद तथा बेपत्ताका मुद्धालाई विभाजित गर्ने र भाषणको पात्र गराइरहेको भए पनि रुपाले सम्मान गरेकोमा खुसी व्यक्त गरिन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.