www.tandavnews.com
Fact ~ In search of truth

फेदीखोलामा बुटवल जादैँ गरेको बस र पोखरातर्फ आइरहेको टिप्पर ठोक्कियो (फोटो फिचर)

टिप्पर चालक सहित पाँच घाईते

पोखरा,
ताण्डव न्यूज ।

स्याङ्जाको फेदीखोलामा बस र टिप्पर एक अर्कामा ठोक्किदाँ दुर्घटना भएको छ ।

दुर्घटनामा ५ जना घाईते भएका छन् । पोखराबाट बुटवल तर्फ जाँदै गरेको ग १ ख ९३७४ नम्बरको बस र बुटवलबाट पोखरा तर्फ आईरहेको ग १ ख ७६११ नम्बरको टिप्पर एक आपसमा ठोक्दिाँ दुर्घटना भएको हो ।

Batas

टर्निङ प्वाइन्टमा दुर्घटना हुदाँ टिप्पर चालक र बसमा सवार १० यात्रुमध्ये ४ यात्रु घाईते भएको फेदी खोला प्रहरीचौकीका प्रमुख प्रहरी नायब निरीक्षक महेश्वर उपाध्ययले जानकारी दिए ।

टिप्पर चालक कास्कीको अन्नपूर्ण गाउँपालिका ११ का वर्ष २५ का सुरेन्द्र सुनारलाई उपचारको लागी पोखरा रिफर गरिएको प्रहरीले बताएको छ ।

चालक सुनार टिप्परले च्यापिएको अवस्थामा रहेका थिए । अन्य ४ घाईते यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
अहिले फेदीखोलामा दुवै तर्फ बाटो अवरुद्ध बन्न पुगेको छ । पानी परिरहेको र सवारी जाम हुदाँ यात्रु अलपत्र परेका छन् ।

तस्वीर: ताण्डव कर्मी अर्जुन गाहा(सुशान्त)

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.