www.tandavnews.com
Fact ~ In search of truth

बैतडीकी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

बैतडी,
ताण्डव न्यूज ।

बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षका भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको हो । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको देखिएको बताएका छन् ।

Batas

रिपोर्टमा प्रतिकार गर्दा शरीरका टाउको र हातमा चोट लागेको र घाँटीमा पनि निलडाम रहेको उल्लेख गरिएको छ । यस्तै उनको यौनांगमा पनि घाउ रहेको पाइएको प्रहरीले बताएको छ । शरीरको विभिन्न भागमा देखिएको चोटपटकले उनलाई जबरजस्ती घिसारिएको जस्तो पनि देखिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले पनि घटनास्थल पुगेर अनुसन्धानको निरीक्षण गरेका छन् । सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए ।

भट्टको विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो । लगत्तै तालिम प्राप्त कुकुरलाई घटनास्थल लैजाँदा भट्टको मोबाइल पनि भेटिएको थियो । प्रहरीले उनको मोबाइललाई केन्द्रमा राखेर प्राविधिक पाटोबाट अनुसन्धान अघि बढाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेशकुमार सिंहले संवेदनशील भएर यो घटनाको अनुसन्धान भइरहेको भन्दै नतिजा चाँडै सार्वजनिक गरिने बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.