www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्ड–नेपाल पक्षले भोलिको प्रदर्शनका लागि तोक्यो जिम्मेवारी

काठमाडौँ,
ताण्डव न्यूज ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले भोलि (बुधबार) काठमाडौंमा गर्ने प्रदर्शनका लागि नेताहरुलाई जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड–नेपाल पक्षले विरोध प्रदर्शन गर्न लागेको हो । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएको छ ।

Batas

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन् । त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।

प्रचण्डले यो विरोध प्रदर्शनलाई व्यापक बनाउन काठमाडौंमा आयोजित एक सभाबाट कार्यकर्तालाई निर्देशन दिईसकेका छन् । हालै प्रधानमन्त्री ओलीले पनि दरबारमार्गमा सभा गरेका थिए ।

उक्त सभामा ३५ हजारजति मानिस भेला भएको भन्दै प्रचण्डले अब आफूहरूले जित्ने वातावरण बन्दै गइसकेको र ओलीले हार्ने अवस्था सिर्जना भइसकेको दावी गर्दै आएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.