अर्जुन गाहा (सुशान्त),
पोखरा/ ताण्डव न्यूज ।
पोखराको पुरानो टुडिखेलमा आगामी फागुन ४ देखी ८ गते सम्म हुने भनिएको ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ पोस्टपोन्ड भएको छ ।

पोखरा महानगरपालिका १ बगरमा क्रियाशिल नयँंगल्ली युवा क्लबले आगामी फागुन पहिलो साता सञ्चालन गर्ने भनिएको भेट्रान्स ९३५ वर्ष माथी० फुटबल प्रतियोगिता तयारीसँगै विविध कारणवस एक हप्ता पछि पोस्टपोन्ड गरिएको प्रतियोगिता संयोजक हिटलर घलेले जानकारी दिए ।
उनका अनुसार अब उक्त प्रतियोगिता फागुन ११ गते देखी १६ गतेसम्म सञ्चालन हुनेछ । ‘अहिले तयारीमै छौ र हाम्रो आन्तिरिक कारणले गर्दा एक हप्ता पछि सार्न परेको हो, संयोजक घलेले भने, ‘सम्बन्धित टिम तथा खेलाडीहरुलाई एक हप्ता पछि सारिएको जानकारी गराउदछु ।’
उनले उक्त प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ७० हजार प्राप्त गर्ने बताए । त्यस्तै उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्रदान गरिनेछ ।
संयोजक घलेले विधागत तर्फ उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता र अनुशासित टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताए ।
उनका अनुसार प्रतियोगिताको सर्वोत्कृट खेलाडी ९दाम्पत्य० लाई पुरस्कार स्वरुप रुपाकोट रिसोर्टको तर्फबाट एकरात आवास तथा खानाको व्यवस्था गरिएको छ ।
उनले उक्त प्रतियोगितामा टिम दर्ता शुल्क ५ हजार निर्धारण गरिएको बताउदै ९८०६६०७२७८ र ९८०६६८३३१२ मा सम्पर्क गर्न सकिने जानकारी दिए । बगरमा सञ्चालित ईन्द्रेणी एकेडेमी सञ्चालनार्थ उक्त प्रतियोगिता आयोजना गर्दै आएको संयोजक घलेले बताए ।
स्व. देश्ना चन्दको स्मृतिमा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि पिता विवेक चन्द र माता ग्रीष्मा चन्दले १ लाख ५० हजार आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.