www.tandavnews.com
Fact ~ In search of truth

नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी घर पुगेपछि समर्थकद्धारा नाराबाजी

काठमाडौँ
ताण्डव न्यूज ।

नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी झाँक्रीको घर पुगेपछि समर्थकले नाराबाजी गरेका छन् । समर्थकले नेतृ झाँक्रीको घरको गेटअगाडी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाइरहेका छन् । उनीहरूले राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक भाषा प्रयोग गरेको भन्दै प्रहरीले नेतृ रामकुमारी झाँक्रीलाई छलफलका लागि बोलाएको थियो । प्रहरीले झाँक्रीलाई बिहानै १० बजे छलफलका लागि बोलाएको थियो । तर उनी छलफलका लागि नगएको जनाइएको छ । उनले फोनमा बोलाएर नहुने भन्दै पूर्जी चाहिने बताएकी छिन्।

Batas

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन्।

आफ्नो अभिव्यक्तिलाई लिएर प्रहरी आएपनि उनले अभिव्यक्ति स्वतन्त्रता रहेको र त्यही अनुसार आफूले बोलेको दावी गरेकी छन्।महानगरीय अपराध महाशाखाकाअनुसार राष्ट्रपति जस्तो सम्मानित संस्थाविरुद्ध अनर्गल प्रचार गरेकाले झाँक्रीलाई सोधपुछका लागि बोलाइएको हो ।

यसअघि झाँक्रीले गोरखामा भएको एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिईन् । उनले मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा भण्डारीलाई चुनाव लडाउनु भुल भएको बताएकी थिईन् ।

झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो । ओली समूहको महिला संगठनले झाँक्रीलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइएको थियो ।

झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउँदै आएकी छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.