www.tandavnews.com
Fact ~ In search of truth

कोरोना रोकथामबारे आज सार्क राष्ट्रबीच भिडियो संवाद

काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाबाट बच्नका लागि सार्क राष्ट्र मिलेर अघि बढ्न गरेको प्रस्ताव पश्चात आज सार्क राष्ट्रबीच भिडियो संवाद हुने भएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि साझा रणनीति बनाउन आज (आइतबार) नेपालसहित सार्क राष्ट्रहरूबीच भिडयो संवाद हुने भएको हो ।अपराह्न ५ बजे हुने भिडियो कन्फरेन्समा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी हुने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो संवादमा सहभागी हुनेछन्।शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै ट्विमार्फत महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सार्कले संयुक्त पहल गर्नुपर्ने भन्दै साझा रणनीति बनाउन प्रस्ताव राखेका थिए।

आज हुने भिडियो संवादमा कोरोना भाइरस संक्रमणको असर र रोकथामका प्रयाससम्बन्धमा सार्क राष्ट्रका प्रमुखहरूबीच छलफल हुनेछ।कोरोना संक्रमणबाट अहिलेसम्म भारतमा ८२ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ। नेपालमा १ जना संक्रमित भेटिए पनि उपचारपछि उनी निको भइसकेका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.