लमजुङ,
ताण्डव न्यूज ।
लमजुङको दोर्दी गाउँपालिका ६ सिमी गाउँ नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
प्रदेश ३–०१–०२२ च १३८३ नम्बरको बोलेरो जिप बिहिबार साँझ ५ बजेतिर माथिल्लो सिमी र ताँजे गाउँ जाने दोबाटो नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा सवार ३ जना घाइते भएको र घाइतेमध्ये २ जना स्थानीय स्कुले बालबालिका रहेको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा ताँजे क्षेत्रमा निर्माणाधिन पिपुल्स हाइड्रोपावर कम्पनी प्रालिद्वारा प्रवद्र्धित सुपरदोर्दी जलविद्युत आयोजना (ख) मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षका इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षका इन्जिनियर प्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षका किशोर राई रहेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।
घाइते हुनेमा धरानका इन्जिनियर सुनिलकुमार साह, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत अनु घले र कक्षा ६ मा अध्ययनरत सुजन विक रहेको स्थानीय टकलाल गुरुङले बताए । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बेंसीसहर ल्याइएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.