www.tandavnews.com
Fact ~ In search of truth

साझा युवा संगठन स्याङ्जामा २९ सदस्यीय जिल्ला समिति घोषणा

पोखरा ।

साझा युवा संगठन स्याङ्जामा जिल्ला समिति घोषणा भएको छ । साझा युवा संगठन स्याङ्जाका सुमन भट्टराईको संयोजकत्वमा २९ सदस्यीय जिल्ला समिति घोषणा भएको हो।

हिजो शनिबार घोषणा गरिएको जिल्ला समितिको सदस्यहरुमा नारायण कार्की , महेन्द्र ढकाल,कमल थापा ,सागर खनाल,गणेश खनाल ,कृष्ण खनाल,सलाम मन्सुर ,सागर पौडेल ,अमित थापा ,अमित राना,सुजल पाठक,आशिष सुवेदी ,सुमन थापा ,सुमन पाण्डे ,आकाश भट्टराई ,दिलबर खान,बिमल भण्डारी छनौट भएका छन् । यस्तै आकाश पाण्डे , होम बहादुर गुरुङ, विवेक पङ्गेनी निरज आचार्य ,कुशल कार्की, प्रदिप ढकाल, उत्सव पङ्गेनी ,विवस गोदार,सन्दिप भण्डारी समितिमा रहेका छन् ।

Batas

साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको छ।

उर्जाशिल, ईमान र क्षमता भएका युवाहरू समेटेर बनेको समितिले वैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको छ। साझा युवा संगठनका केन्द्रीय संयोजक अब्दुस मियाँ लगायत विवेकशील साझा पार्टीका नेताहरुको उपस्तिथि रहेको थियो

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.