www.tandavnews.com
Fact ~ In search of truth

भैरहवाबाट देउवाले भने,‘नेकपाको झगडाको तमासा हेर्ने फुर्सद छैन ’

भैरहवा।

कांग्रेसका सभापति शेरबहादुर देउवाले हाल भईरहेको नेकपाको दुई खेमा बीचको झगडाको तमासा हेर्ने फुर्सद आफूहरुलाई नभएको अभिव्यक्ति दिएका छन  ।

कांग्रेस रुपन्देहीले आज (सोमबार )भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै देउवाले नेकपाको झगडाको तमासा हेर्न आफूहरूलाई फुर्सद नभएको बताएका हुन् ।

Batas

उनले विरोध सभामा वर्तमान सरकारलाई जनताको कुनै वास्ता नभएको पनि बताएका छन् । उनले भनेका छन्,‘वर्तमान सरकारलाई जनता मरून्, बाँचून्   कुनै मतलब नै छैन् ।’

यसैबीच देउवाले राजाले हुर्काएका कम्युनिस्ट अहिले आफै कम्युनिस्ट राजा बनेको आरोप लगाए । देउवाले आफूहरुलाई अदालतको निर्णय मान्य हुने बताएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.