www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशले मनायो तेस्रो वार्षिकोत्सव

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सरकार स्थापना भएको ३ वर्ष पुगेको अवसरमा सरकारले आफ्ना उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाउन आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख अमिक शेरचनले सरकारले विगतमा यस वर्ष भन्दा राम्रा कार्यक्रम गरेको भएपनि जनमुखी कामहरु अझै थप गर्नुपर्नेमा जोड दिए । उनले प्रदेशमा रहेका प्राकृतिक श्रोतहरुको उत्खनन्नमा प्रदेश सरकार लाग्नुपर्ने बताए ।

Batas

सो अवसरमा बोल्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उज्यालो प्रदेश बनाउने अभियान यसै वर्ष पूरा हुने बताए । आर्थिक वर्ष २०७५÷०७६ मा ३ खर्ब ८ अर्ब ९१ करोड कुल ग्राहस्थ उत्पादन रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा बढेर ३ खर्ब २६ अर्ब ८७ करोड पुगेको उनको भनाई छ ।

समाहरोहमा बोल्दै नेपाली काँग्रेस, गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले बिगतका तीन बर्षमा गण्डकीमा भइरहेका कामहरुप्रति सरकारलाई धन्यवाद दिए । गत बर्षको दोस्रो वर्षको वार्षिकोत्सवमा पनि यस्तै कार्यक्रम गरिएको र अहिले तेस्रो बर्षमा आइपुग्दा भएका प्रगतिको बारेमा उनले प्रश्न उठाए । नेकपालाई जनताले पत्याएर दुई तिहाई मत दिएको भए पनि अहिलेको अवस्था आउनु दुःखद भएको नेता नेपालीको भनाई थियो ।

कार्यक्रममा प्रदेश सभामुख नेत्रनाथ अधिकारी, उच्च अदालतका प्रधान न्यायाधिस, मन्त्रीहरु, प्रदेश सांसदहरु, सुरक्षा निकायका प्रमुखहरुहरुको सहभागिता थियो । प्रदेश सरकारले प्रदेश सरकार स्थापना भएदेखि हालसम्मको उपलब्धि भन्दै ५६ पृष्ठको सफलताको पुस्तिका समेत प्रकाशन गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.