www.tandavnews.com
Fact ~ In search of truth

नेकपा ओली पक्षको सभा आज विराटनगरमा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्वोधन गर्ने

काठमाण्डौ
ताण्डव न्यूज ।

नेकपाको ओली समूह प्रदेश १ ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदैछन् । प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा, नेता सुवासचन्द्र नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलगायतका नेताले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

लुम्बिनी प्रदेश कमिटीले यही फागुन १ गते बुटवलमा गरेको जनसभालाई सम्बोधन गर्न पनि प्रधानमन्त्री ओली पुगेका थिए । प्रतिनिधिसभा विघटनपछि नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहबीच सार्वजनिक सभासमारोह गर्ने प्रतिस्पर्धा चलेको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.