www.tandavnews.com
Fact ~ In search of truth

घान्द्रुक: शिवरात्रीको अवसरमा भलिबल, बास्केटबल र नृत्य प्रतियोगिता हुने

पोखरा,
ताण्डव न्यूज ।

अन्नपूर्ण गाउँपालिका ११, घान्द्रुक स्थित मेश्रम बराह माविको प्राङ्गणमा डाडाँगाउँ युवा क्लबले महाशिवरात्रीको अवसर पारि विभिन्न प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी २६ देखि २९ गते सम्म पाँचौ संस्करणको वडा स्तरीय भलिबल, बास्केटबल तथा खुल्ला सामुहिक नृत्य प्रतियोगिता सञ्चालन गर्न लागेको पोखरामा आज (सोमबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

Batas

क्लबका अध्यक्ष सन्तोष गुरुङले घान्द्रुक डाडाँगाउँमा भलिबल तथा बास्केटबल कोर्ट निर्माणार्थ उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको बताए । उनका अनुसार वडा स्तरिय भलिबल तर्फ प्रथम हुने टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५० हजार प्रदान गरिनेछ । त्यस्तै द्वित्तिय र तृतीय स्थान हाँसिल गर्ने टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३० हजार र १५ हजार प्रदान गरिनेछ ।

यसैगरी बास्केटबल तर्फ विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३० हजार प्राप्त गर्नेछ । भने उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २० हजार प्रदान गरिनेछ । उक्त प्रतियोगितामा विधागत तर्फ आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

अध्यक्ष गुरुङले सामुहिक नृत्य तर्फ प्रथम हुने टिमलाई ५० हजार, द्वित्तिय हुने टोलीलाई ३० हजार र तृतीय स्थान हाँसिल गर्ने समुहलाई २० हजारद्वारा पुरस्कृत गरिने बताए । उनका अनुसार नृत्य प्रतियोगितामा सहभागि हुन कम्तिमा ४ देखि १२ जना सम्म हुनुपर्नेछ भने गुरुङ संस्कार संस्कृतिमा आधारित मौलिकता झल्कने नृत्य हुनुपर्नेछ ।

उक्त प्रतियोगिताको भलिबल तर्फ अहिले सम्म २९ टिमको दर्ता भैसकेको छ भने बास्केटबल तर्फ १३ र खुल्ला सामुहिक नृत्य तर्फ १३ टोलीको दर्ता भैसकेको अध्यक्ष गुरुङले जानकारी दिए ।

उक्त कार्यक्रम अवधिमा आयोजकसँग समन्वय गरि घान्द्रुक पुगेका पाहुनाहरुलाई खान बस्नको लागि होमस्टेको व्यवस्था गरिएको प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले बताए । उनका अनुसार कुल २१ वटा होमस्टेले दुई छाक खाना र बस्ने व्यवस्थालाई प्रतिव्यक्ति ६ सय रुपैया निर्धारण गरिएको छ ।

उक्त कार्यक्रम अवधिभर बेलुकी ७ बजे देखि लोक तथा दोहोरी गायिका काजल गुरुङ, ज्याती लोहनी लगायतको बेजोड प्रस्तुती रहने समेत आयोजकले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.