www.tandavnews.com
Fact ~ In search of truth

ताप्लेजुङःआगलागीपीडित परिवारलाई अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने

ताप्लेजुङ।

मेरिङन गाउँपालिका, दोभान बजारका आगलागीपीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आगलागीबाट पीडित पाँचजना परिवार भएका परिवारलाई विपद् व्यवस्थापन कोषबाट नगद १५ हजार र पाँचजना भन्दा बढी परिवार भएकालाई २० हजारका दरले आर्थिक सहायता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेश पाण्डेले जानकारी दिए । उनका अनुसार पूर्ण घर क्षति भएका ३३ र कोठा भाडामा बस्ने २७ परिवारलाई उक्त बराबरको आर्थिक सहायता प्रदान गरिने छ ।

Batas

यस्तै राहत वितरण गर्दा एकद्वार प्रणाली अपनाइने निर्णय भएको छ । राहत उपलब्ध गराउने व्यक्ति तथा संघसंस्थाले मेरिङदेन गाउँपालिकामार्फत राहत उपलब्ध गराउनुपर्ने निर्णय भएको हो । यसैबीच आज नै प्रदेश १ का मुख्यमन्त्रीसहितको टोली राहत लिएर आगलागी क्षेत्रमा आउने बताइएको छ ।

अहिले दिउँसो केही रातका प्याकेज लिएर मुख्यमन्त्री शेरधन राईसहितको टोली आउने प्रजिअ पाण्डेले जानकारी दिए । यता पीडित परिवारको दीर्घकालीन व्यवस्थापनका सम्बन्धमा समेत योजना बनाएर अघि बढ्ने तयारी भएको छ ।

मंगलबार बिहान ९ बजेदेखि भएको आगलागीबाट मेरिङदेन गाउँपालिका–३ मा पर्ने दोभान बजारका ४९ घर जलेर नष्ट भएका थिए । आगलागी भएका घरमा डेरा बस्नेसमेत गरी ५५ परिवार विस्थापित बनेको प्रारम्भिक तथ्यांक बाहिर आएको छ । क्षतिको थप विस्तृत विवरण संकलन भइरहेको मेरिङदेन गाउँपालिकाले जनाएको छ ।

पीडित परिवारलाई तत्कालका लागि आवास र खाद्यान्नको व्यवस्थापन मेरिङदेन गाउँपालिका, उद्योग वाणिज्य संघ र रेडक्रसले मिलाएका छन् ।

आगलागीको क्षति विवरण संकलन शुरु

आगलागीको क्षति विवरण संकलन शुरु भएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्नका लागि गाउँपालिकाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेको संयोजकत्वमा पाँच सदस्सीय समिति गठन गरेको गाउँपालिका—३ का वडाध्यक्ष गरेणशप्रसाद भण्डारीले बताए ।

उनले भने, ‘गाउँपालिकाले विवरण संकलन गर्न समितिलाई जिम्मा दिएका छौँ । कहिले सम्ममा क्षतिको विवरण सर्वजानिक गर्नहुन्छ ।’ विवरण सर्वजनिक नभएसम्म आगलागी भएको बजारमा अनावश्यक प्रवेश निषेध गरिएको भण्डारीले जानकारी दिए ।

११ बजेबाट विवरण संकलन कार्य भइरहेको विवरण संकलन समिति संयोजक तथा मेरिङदेन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए । उनले भने, ‘हामी क्षति विवरण संकलन समिति संकलनमा लागिपरेका छौँ । बेलुकीको ५ बजेसम्ममा सम्पूर्ण क्षतिको विवरण सर्वजनिक गर्छौं’, आगलागी विस्थापित परिवारलाई मेरिङदेन गाउँपालिकाले प्रतिपरिवार १५ हजारका दरले नगद राहत मंगलबार बेलुका नै वितरण गुर्नभएको वडाध्यक्ष गणेशप्रसाद भण्डारीले बताए ।

त्यस्तै नेपाल रेडक्रस ताप्लेजुङ र उद्योग वाणिज्य संघ ताप्लेजुङले खाद्यान तथा कपडा वितरण गरेको भण्डारीले जानकारी दिए । विस्थापित परिवार नजीकको छिमेकीमा बस्ने व्यवस्था मिलाएर बसेको भण्डारीले जानकारी दिए । अहिले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको ताप्लेजुङ प्रहरी कार्यालय प्रमुख बालरनसिंह राणाले जानकारी दिए । आगलागीबाट ५० घर जलेर नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.