www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ : माछा मार्ने क्रममा करेन्ट लागि १५ वर्षीय स्वारुपको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।
तनहुँमा करेन्ट लागि एक युवाको मृत्यु भएको छ ।

तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–४ डुम्रेका १५ वर्षीय स्वारुप तामाङको करेन्ट लागि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

स्वारुपको डुम्रे खोलामा मुख्य लाईनको (केन्द्रिय लाईन) तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा आज साढे १२ बजे करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।

Batas

उनी करेन्ट लागि बेहोस भएका थिए । बेहोस भएसगैँ उनलाई लक्ष्मि अस्पताल डुम्रेमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.