पोखरा,
ताण्डव न्यूज ।
स्याङ्जामा भरुवा बन्दुक सहित एक पुरुष पक्राउ परेका छन् ।
स्याङ्जाको आँधिखोला गाउँपालिका २ का ४० वर्षीय दिपक सुनार घरमा लुकाई छिपाई राखेको अवैध भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।

४० वर्षीय दिपकको घरबाट अबैध एक नाले भरुवा बन्दुक १ थान, बेरिङ (मोटरसाईकलमा प्रयोग हुने) ३०० थान, बारुद बनाउन प्रयोग हुने सोडा ५०० ग्राम, फलामको टुक्रा १० थान, बारुद १०० ग्राम, सिसाको छर्रा १८५ थान बरामद भएको प्रदेश प्रहरी कार्यालय
पोखराले जानकारी दिएको छ । दिपकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनी आज दिउँसो ३ बजे पक्राउ परेका हुन् ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.