काठमाडौं ।
एसिड आक्रमण विरुद्धकी अभियन्ता मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिलाको अवार्ड जितेकी छिन् ।
वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने इन्टरनेशनल विमेन अफ करेज अवार्ड अवार्ड जितेकी हुन्।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन्।
यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन्। यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन्।खातुनलाई गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमण भएको थियो।
एसिड आक्रमण अन्त्यका लागि उनले गरेका कामका लागि उनलाई यो अवार्ड दिइएको राजदूतावासले जनाएका छन्।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.