www.tandavnews.com
Fact ~ In search of truth

माधव नेपाल समूहका नेताहरुलाई सम्मानजनक व्यवहार हुन्छ: नेम्वाङ

काठमाडौं,
ताण्डव न्यूज ।

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले माधवकुमार नेपाल समूहका नेताहरूलाई सम्मानजनक व्यवहार हुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले अरु नेताहरूलाई झैं सम्माजनक व्यवहार नै हुने बताए । उनले सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र व्यूँतिएकाले उनीहरू आफ्नै दलको नेता भएको स्पस्ट पारे ।

Batas

एमाले र माओवादी केन्द्रपछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा एमालेका माधव नेपाल समूहका नेताहरुले माओवादी नेताको समर्थन गरेपछि ओली समूहका नेताहरुले नेपाल पक्षीय नेताहरुको कटाक्ष गर्दै आएका छन् ।

नेम्वाङले सत्ता समीकरणका लागि अहिले एमालेले कुनै पनि प्रयास नगरेको बताए । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको अवस्थामा आफूहरू बहुमत पुगेकाले सत्ता समीकरणको कुराकानीनै नलागेको उनको भनाइ छ ।

यद्यपि नेम्वाङले जसपाका नेताहरूसँग निरन्तर छलफल भएको भने स्वीकार गरे । बैठक सुरु हुनु अघि पनि जसपा नेताहरूसँग छलफल भएको बताउँदै उनले सरकार जसपाको मागमा सकारात्मक भएको स्पस्ट पारे ।

जसपाका नेताहरूले रेशम चौधरी, मधेश र थरुहट आन्दोलनका क्रममा थुनामा राखेका आफ्नो सांसदहरू फिर्ता र संविधान संसोधनमो माग गर्दै आएको छ । केपी ओली सरकारले आफूहरूलाई पहिले नै झुक्याइसकेकाले माग पूरा नभएसम्म सरकारमा नजाने जसपा नेताहरूको अडान छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.