www.tandavnews.com
Fact ~ In search of truth

एमाले उमेद्वारको मत माग्ने शैली : ‘काममा बाधा पु¥याएँ माफ गर्दिनुस् है’

बागलुङ।
‘हजुर नमस्कार, हजुरहरु काममै हुनुहुन्थ्यो, मैले डिस्टव गरेँ, माफ पाऊँ है’ धान उठाइरहेका किसानहरुको नजिकै पुगेर पाठकले भने ‘चैत वैशाखमा भएको भए त घरमै भेट हुन्थ्यो, बेला यस्तै छ, हजुरहरु व्यस्त भएर घरमा भेट्न पाइएन् ।’

बुधबार आसन्न निर्वाचनका लागि प्रचारमा रहेका नेकपा एमालेका उम्मेद्वार डा. सूर्य पाठक जैमिनी नगरपालिका–९ पैञ्युथन्थापमा घरदैलो गर्दै थिए । मत माग्दै हिँडेका बागलुङ क्षेत्र नं. १ को प्रदेशसभा ‘ख’का उम्मेद्वार नवराज पौडेलसहितको नेताहरुको समुहले खेतबारीमै पुगेर मतदाता भेटेको थियो ।

मतदातालाई भेट्दै पाठकले बितेका पाँच वर्षमा आफुले गरेका कामलाई हेरेर मतदान गर्न आग्रह गरे । पाठकले पहिलो कार्यकाल अनुभव बटुल्ने समय भएको भन्दै जनताका सम्बोधन नभएका बाँकी मुद्दा आगामी कार्यकालमा सम्बोधन गर्ने बताए । ‘मैले नगरेको होइन, तीन वर्ष हाम्रो सरकार थियो काम भएकै थिए, त्यसपछि सरकार ढल्यो काम रोकिए’ पाठकले भने ‘हिजो मैले प्रयास गरेका कयौं काम अधुरा छन्, पूरा गर्नुपर्ने छ ।’

Batas

प्रदेशसभाका उमेद्वार नवराज पौडेलले दक्षिण बागलुङको मुहार फेर्न आफ्नो उमेद्वारी भएको बताए । निश्चित घेराभित्र रहेको राजनीतिलाई तोड्न र जनताको सेवा गर्ने प्रतिनिधि प्रदेश सभामा पु¥याउन एमालेलाई जिताउनुपर्ने पौडेलले बताए ।

क्षेत्र नं. १ प्रदेशसभा ‘क’का उम्मेद्वार हिराबहादुर केसीले बागलुङ नगरपालिकाका बिभिन्न वडामा पुगेर जभेटघाट गरेका छन् । केसीले यसपटक युवा उम्मेद्वार छानीछानी जनताले जिताउनुपर्ने बताए । उर्जा र अनुभव भएका युवा नेताहरु चुनावी मैदानमा रहेकाले मतदान गर्न मतदातालाई सहज रहेको दाबी केसीले गरे ।

क्षेत्र नं. २ प्रतिनिधिसभा उमेद्वार मञ्जु शर्मा चालिसे र प्रदेशसभा ‘क’का स्वतन्त्र उमेद्वार प्रकाश घर्तीले बडिगाड गाउँपालिकाका बिभिन्न वडामा घरदैलो गरेका छन् । घरदैलोका क्रममा चालिसेले आफूले सधैं यस क्षेत्रका जनताको सेवा गरिरहेको भन्दै संसदमा पश्चिम बागलुङको आवाज पु¥याउन अ आएको बताइन् ।

प्रदेशसभा उमेद्वार घर्तीले कुरा गर्नेभन्दा काम गर्ने उम्मेद्वारलाई मत दिनुपर्ने बताए । एमालेका समानुपातिक उमेद्वार बाबुराम नेपालीले सत्ता गठबन्धन स्वार्थ बोकेर जनताको माझमा आएकाले राष्ट्रियताको रक्षाको अभिभारा बोकेर आएको एमालेलाई जिताउनै पर्ने धारणा राखे ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.