पोखरा,
ताण्डव न्यूज ।
पोखरा महानगरपालिकाले पाँचौ स्थापनाको दिवस आज बुधबार मनाएको छ । स्थापना दिवसका अवसरमा पोखरा महानगरको कार्यालयबाट सभागृह हलसम्म प्रभातफेरि तथा मूल समारोह आयोजना गर्यो।
प्रभातफेरिपछि आयोजित सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा एमाले व्युँतिनु सुखद भएको बताएका छन् । बलात्कारमा परेको पार्टीलाई अदालतको फैसलाले मुल प्रवाहमा ल्याईदिएको उनको भनाई छ ।

उनले अदालतको फैसलापछि नेकपा एमाओवादीका सांसद पनि एमालेकै भएको बताए । माओवादीका सांसदहरुले सूर्य चिन्हबाट चुनावमा जितेर आएकाले उनीहरु सबै एमालेकै सांसद भएको गुरुङको दावी छ ।
प्रधानमन्त्री केपी ओलीले विकासको लहर ल्याएको बताउँदै उनले यस सरकारलाई कसैले तलमाथि गर्न नसक्ने बताए । खुशी हुँदा मात्तिएर लड्डु खाइहाल्ने र दुखी हुँदा आत्तिएर झोक्राइहाल्ने स्वभाव एमालेको नभएको गुरुङको प्रतिक्रिया छ ।
उनले जतिसुकै प्रपञ्च रचेपनि केपी ओलीलाई पराजित गर्ने अर्काे व्यक्ति राजनीतिमा नभएको उनले चर्चा गरे । सोही अवसरमा उनले पोखरा महानगरलाई बधाई एवं शुभकामना दिँदै प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको जनाए ।
सो अवसरमा पोखरा महानगरले सञ्चालन गरेका विभिन्न त्रिदिवसीय कार्यक्रम तथा प्रतियोगिताहरुमा विजेता बनेकाहरुलाई पुरस्कार वितरण गरिएको थियो । महानगरले कर्मचारीहरुबीच खेलकूद प्रतियोगिता, महानगरका महिलाहरु समावेश हुनेगरी वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रम गरेको थियो ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.