www.tandavnews.com
Fact ~ In search of truth

संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोईराला

पोखरा
ताण्डव न्यूज ।

संसदीय पत्रकार मञ्च गण्डकीले भरत कोईरालाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

मञ्चको आज सम्पन्न दोश्रो अधिवेशनले उपाध्यक्षमा अमृत सुवेदी, सचिवमा रोहितराज पराजुली, कोषाध्यक्ष तारा चापागाईं दुवे र सहसचिवमा युवराज श्रेष्ठ चयन गरेको हो । मञ्चको सदस्यहरुमा प्रकाश ढकाल, बासुदेव पौडेल, विशन क्षेत्री, उमा आले मगर, युवराज गुरूङ (युनिश) र उमेश पुन मगर रहेका छन् ।

Batas

यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले संसद र सञ्चार माध्यम दुवै क्षेत्रमा प्रतिपक्ष हावी भएको बताए । उनले संसद प्रतिपक्षको हो भन्ने मान्यता राखेको बताए । ‘पत्रपत्रिकामा पनि समाचार प्रतिपक्षकै लेख्नुपर्ने हो ?’ उनले भने, ‘सत्ता पक्षको आलोचना गर्ने भएकाले प्राथमिकता पाउने होला तर सधै एउटै विषयवस्तुलाई समाचार बनाउने अवस्थाको अन्त्य हुनुपर्छ ।’ संसद विघटन गलत भएको बताए । संविधानमा विघटन गर्न नपाइने व्यवस्था रहेको बताउँदै लोकतान्त्रिक मुल्य र मान्यतालाई आत्मसाथ गदै बलियो बनाउनुपर्नेमा उनको जोड छ ।

गण्डकी प्रदेश सभा प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले संसदीय पत्रकार मञ्च संसदकै अंग भएको बताएका छन् । मञ्चमा २२ जना सदस्य आबद्ध रहेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.