www.tandavnews.com
Fact ~ In search of truth

‘पोखराबाट रोमनिया लैजाने भन्दै शाहीले ठगेपछि…’

पोखरा
ताण्डव न्यूज ।

वैदेशिक रोजगारका लागि रोमनिया लैजाने भन्दै पैसा ठगेर ट्रष्ट नेपालका संचालक दिनेश शाही सम्पर्कविहिन भएको पीडितहरुको गुनासो छ ।

पोखरा–९ महानगरपालिका पछाडी कार्यालय रहेको ट्रष्ट नेपाल नामक मेनपावरले ४ जनासँग रकम लिएर भागेको भन्दै पीडितले सुरक्षीत बैदेशिक रोजगारका लागि आप्रवासी श्रोत केन्द्र कास्की पोखरामा निवेदन दिएका छन् ।

Batas

शाहीले रोमनिया लैजाने भन्दै तनहुँ शुक्ला गण्डकी–१० घर भएका विक्रम गुरुङबाट १ लाख, बागलुङ जैमनीका रामबहादुर बहिकबाट ७५ हजार, तनहुँ–२ बन्दिपुरकी विष्णु गुरुङको १ लाख र म्याग्दीका प्रेम पुनको ३० हजार रकम लिएर सम्पर्कविहिन भएका हुन् ।

शाहीले प्रोसेसिङ चार्ज वापत रकम लिएको पीडित विष्णुले ताण्डव न्यूजसँग बताइन् । ‘हामीले लकडाउन हुन भन्दा अघि नै पैसा दिएका थियौँ,’ उनले भनिन्, ‘त्यसपछि बिचमा लकडाउनको बहाना भयो, पछि सम्पर्क गर्दा शाही हराए । हामी जस्तै अन्य धेरै साथीहरुलाई ठगेर शाही भागेका हुन् । पैसा मात्र होइन सबैको पासपोर्ट समेत उनले लगेका छन् ।’

यस विषयमा ट्रष्ट नेपालका संचालक दिनेश शाहीलाई सम्पर्क गर्दा उनको फोन अफ थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.