www.tandavnews.com
Fact ~ In search of truth

‘किन दिँदैन अमेरिकाले भिसा ?’ प्रश्न गर्ने अवसर

पोखरा
ताण्डव संवाददाता ।

अमेरिका गएर अध्ययन गर्ने प्राय सबैको ड्रिम नै बनेको छ ।

यसमा कतिले सपना पूरा गरेका छन् भने कति भिसा प्रोसेसकै झमेला अल्झेका छन् । यसै सन्दर्भलाई मध्यनजर गर्दै पोखरामा अमेरिका अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई भिसा प्रोसेसिङ सम्बन्धी जानकारी दिनको लागि कार्यक्रम आयोजना गर्न लागिएको छ ।

Batas

नेपालका लागि अमेरिकी दुतावास (यूएस एम्बेसी) को आयोजना र लर्निङ हाउसको सहकार्यमा फागुन २५ गते ‘एजुकेसन डे’ कार्यक्रम मार्फत अमेरिका जान चाहने विद्यार्थीलाई परामर्श दिन लागेको हो ।

यसको लागि अमेरिकी वाणिज्य दुतावास भिसा सेक्सन प्रतिनिधि, रिपब्लिका सम्पादक सुभास घिमिरे, लर्निङ हाउस एक्जुक्यूटिभ डाइरेक्टर नवाङ गुरुङ र स्थानीय उद्यमी दोर्जे लामा कार्यक्रमका वक्ता रहनेछन् ।

कार्यक्रममा सहभागिलाई अमेरिकाको भिसा प्रोसेसिङ सम्बन्धी सम्पूर्ण जानकारी नेपालका लागि अमेरिकी दुतावासका प्रतिनिधि ग्रेस क्यारोलले प्रत्यक्ष प्रदान गर्नुहुने अमेरिकन एम्बेसी प्रतिनिधि मिसेल विल्सले जानकारी दिइन् ।

दरबारथोक व्याङ्क्वेटमा हुने कार्यक्रम विशेषगरी पोखरामा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी अमेरिका अध्ययन गर्न जान चाहने र अध्ययन पश्चात्त अमेरिकाको ज्ञान सीपलाई नेपालको विकास विस्तारमा उपयोग गर्ने व्यक्तिहरुका निमित्त फलदायी हुने लर्निङ हाउसका डाइरेक्टर नवाङ्ग गुरुङले जानकारी दिए । बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा दिउँसो ३ बजेसम्म रहने जनाइएको छ ।

कार्यक्रममा स्कुल कलेज अध्ययन गरि रहेका विद्यार्थी एवं अभिभावक, पत्रकार, प्राध्यापक, शिक्षक सबै जना उपस्थित हुन पाउने गुरुङले बताए । कार्यक्रम उपस्थितिहरुलाई रिफ्रेसमेन्टका लागि लिगेसी व्याण्डको प्रस्तुतिमा सांगीतिक कार्यक्रम समेत हुने आयोजकले बताएको छ ।

कार्यक्रम सफल बनाउनको लागि मिडिया पार्टनको रुपमा लेवल नेक्स्टले सहकार्य गर्नेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.