www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टामा कोरोनाबाट २२ जनाले ज्यान गुमाए, १ हजार ५५२ ले जिते कोरोना

पोेखरा ।

पछिल्लो २४ घण्टामा २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनाबाट एकै दिन ज्यान गुमाउनेको यो संख्या हालसम्मकै धेरै हो । हाल सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

Batas

पछिल्लो २४ घण्टामा थप १,५५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७५ हजार ८०४ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.