www.tandavnews.com
Fact ~ In search of truth

नाइजरमा बन्दुकधारीको आक्रमण,५० जनाको मृत्यु

एजेन्सी,
ताण्डव न्यूज ।

अफ्रिकी मुलुक नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ।मालीसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा सर्वसाधारणको मृत्यु भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तिलाबेरी क्षेत्रको बजारबाट चारवटा सवारी सधानमा आउँदै गरेका मानिसलाई लक्षित गरेर बन्दुकधारीले आक्रमण गरेका हुन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन । सो क्षेत्रमा दुईवटा बिद्रोही समूह सक्रिय छन् ।

Batas

पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.