www.tandavnews.com
Fact ~ In search of truth

कोरोना विरुद्ध दोस्रो डोज खोपको दोस्रो मात्रा वैशाखमा

ताण्डव न्यूज,
काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको छ ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम आइसिएसको बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा तीन महिनापछि दिने निर्णय गरेको हो । बैठकले दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका व्यक्तिहरुलाई पहिलो मात्रा दिनका लागि पछि सूचना जारी गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Batas

पहिलो प्राथमिकतामा ४ लाख ४९ हजार ८ सय ८० जना व्यक्तिले खोप लगाएका थिए । हालसम्म १६ लाख ५ हजार ७ सय ६ जनाले खोप लगाइसकेका छन् । दोस्रो मात्रा लगाइसकेका व्यक्तिलाई खोप कार्ड समेत उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.