www.tandavnews.com
Fact ~ In search of truth

पोखरा: ‘सेनाको सहायक सेनानी हुँ’भन्दै हिड्ने नक्कली सेना मुस्ताङका विपिन पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखराबाट एक नक्कली सेनानी पक्राउ परेका छन् ।

नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिड्ने नक्कली सहायक सेनानी मुस्ताङको थासाङ गाँउपालिका वडा नम्बर ४ का १८ वर्षीय विपिन लगुन वि.कलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

गण्डकी प्रदेशको गौरव पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्र प्रवेश गरि शंकास्पद हर्कत गरे पश्चात उनी पक्राउ परेका हुन् ।

उनको शंकास्पद क्रियाकलाप देखे पछि विमानस्थल भित्र खटिएका नेपाली सेनाको टोलीले चेकजाँच गर्दा उनी नेपाली सेनामा कार्यरत नभएको पाइएपश्चात सेनाले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको थियो ।

सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह सहित पोषाक (चुस्ता), बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचय पत्र थान -१,FLYROSE  लेखिएको कालो रंगको नक्कली वाकिटकी रेडियो सेट १ थान – सहित हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनको साथबाट रमेश श्रेष्ठ नामको नागरिकताको एउटा प्रतिलिपी पनि बरामद भएको छ ।

विपिनमाथि लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.