काठमाण्डौं,
ताण्डव न्यूज।
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक अहिले बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहिबेरमा सुरु हुने बैठकमा नयाँ सरकार निर्माणका विषयमा छलफल हुने र बर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिने बारेमा पनि निर्णय हुने नेता देवेन्द्र पौडेलले बताए ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माओवादी केन्द्र निरन्तर छलफलमा छ । अदालतले पुराना पार्टी ब्युँताएपछि माओवादीले समर्थन फिर्ता लिने आमअपेक्षा भए पनि अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।
केही दिन पहिले सम्पन्न माओवादी केन्द्रको संसदीय दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.