www.tandavnews.com
Fact ~ In search of truth

सभा,समारोह,महोत्सवजस्ता भिडभाडजन्य क्रियाकलाप नर्गन जिप्रका स्याङ्जाको अपिल

पोखरा,
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्ला भित्र सर्तकता अपनाउन आग्रह गरेको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर सुरु भएको र यसले नेपालमा पनि जोखिम निम्त्याएको भन्दै जिप्रका स्याङ्जाले सुचना जारी गर्दै स्वास्थ्य सर्तकता अपनाउनुको साथै सभा समारोह नर्गन अपिल गरेको छ ।

Batas

जिप्रकाले भिडभाड हुने खालका कार्यक्रम, सभा तथा समारोह आयोजना तथा सञ्चालन नगर्न अनुरोध गरेको छ ।पटकपटक साबुन पानीले हात धुन, सेनिटाईजरको प्रयोग गर्न, सार्वजनिक ठाउँमा हिडडुल गर्दा अनिवार्य मास्क लगाउन र न्यूनतम २ मिटरको सामाजिक दुरी राख्न आग्रह गरेको छ ।

कोभिड १९ को लक्षण देखिएमा तत्कालै तोकिएको स्वास्थ्य संस्थामा गई कोरोना परीक्षण गर्न, होटल, पसल, र व्यापार व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड उचित पालन गर्न आग्रह गरिएको छ ।

भने जिल्ला भित्र कोभिड १९ को संक्रमणको सम्भावनालाई मध्यनजर गरी सबै स्थानीय तहले क्वारेन्टाईन र आईशोलेसन केन्द्रहरुलाई तयारी अवस्थ्मा राख्ने भएको छ ।

जिप्रकाले मास्क प्रयोग नगर्ने लगायत जनस्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको पालना नगरेको पाइएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.