बागलुङ ।
गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढोरपाटन –८ भित्ताटोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन –२ घर भई हाल वडा नं ८ भित्ताटोल बस्ने ३६ वर्षीय हरि परियार रहेका छन् ।
सुराकीका आधारमा घटनास्थलमा पुगेको प्रहरी चौकी ढोरपाटनको टोलीले उनीहरुलाई गोरुको मासुसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले जानकारी दिए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याई अनुसन्धान थालिएको उनले बताए।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.