www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाः पाखामा लागेको आगो वस्तीमा सर्दा गाईवस्तुमा क्षति

पोखरा,
ताण्डव न्यूज ।

स्याङ्जामा आगलागिबाट गाईवस्तुमा क्षति  पुगेको छ ।

आज दिउँसो साढे १ बजेतिर स्याङ्जा गल्याङ नगरपालिका ७ दारेगौडा स्थित लसुने खोलाको पाखो जंगलमा लागेको आगो वस्तीमा फैलिदाँ गाईवस्तुमा क्षती पुगेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

आगलागीबाट स्थानीय ७० वर्षीया भागीरथी पाण्डेको खरले छाएको, माटो र ढुङ्गाले बनेको २ तले घर, घरसंगै जोडिएको खरले छाएको १ तले गोठ जलेको छ । भने सोही गोठमा रहेको ७ वटा वाख्रा जली मरेको र १ वटा बाख्रा घाईते भएको छ ।

सोही आगोलागिबाट स्थानीय चन्द्र प्रसाद पाण्डेको खरले छाएको १ तले घर र उनको खरले छाएको गोठ समेत जली नष्ट भएको । गोठमा रहेकोे ८ वटा बाख्रा मरेको र ४ वटा बाख्रा घाईते भएको प्रहरीले जनाएको छ।

यो समाचार तयार पार्दा सम्म पाखामा लागेको आगो नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.